बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर भने, आयोजनाको काम छिटो होस्

२०८२ मंसिर १७ गते

बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर भने, आयोजनाको काम छिटो होस्

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री शुसीला कार्कीसँग भेट गरेका छन् । 


बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न माग राखेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भटट्राईले जानकारी दिए । त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालसँग पनि आफूहरुले भेट गरेको जानकारी दिए । 

Advertisement:

Ad
Ad


उनले भने, ‘बुढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको छ जसले गर्दा गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनता असाध्यै उद्देलित भएका छन् । त्यसैले त्यहि क्षेत्रका पूर्व जनप्रतिनिधिहरु भएको नाताले दुई वटा क्षेत्रकै जनप्रतिनिधिहरु र सरोकार समाजका प्रतिनिधिहरु सहित आज हामीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका छौं । हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’