बल्खुमा प्रहरीले जामर भेहिकल प्रयोग गरेपछि मोबाइल सम्पर्क विच्छेद

२०८० मंसिर ०७ गते

बल्खुमा प्रहरीले जामर भेहिकल प्रयोग गरेपछि मोबाइल सम्पर्क विच्छेद

काठमाडौँ । दुर्गा प्रसाईं समुहको प्रदर्शन स्थल बल्खु र युवा संघको तिनकुनेमा फोन नलाग्ने र नेटवर्क विच्छेद हुने समस्या देखिएको छ ।

खासगरी उपत्यका प्रहरी कार्यालयले बल्खुमा जामर भेहिकल प्रयोग गरेर त्यस क्षेत्रमा मोबाइल नेटवर्क निष्कृय गराएको हो ।

Advertisement:

Ad
Ad

जामर प्रविधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ । यस्तै, तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि जामर भेहिकल प्रयोग गरिएको छ ।