बालेनले सरकारविरुद्ध बोले धावा : 'अवको एक हप्तामा तलव नपाए टुकुचामा गाड्दिन्छु'

२०८१ चैत ११ गते

बालेनले सरकारविरुद्ध बोले धावा : 'अवको एक हप्तामा तलव नपाए टुकुचामा गाड्दिन्छु'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सरकार विरुद्ध धावा बोलेका छन् । बालेनको आक्रोश विशेषगरी सरकारले महानगरमा लामो समयदेखि खाली भएको प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अन्तर्गतका सबै वडा कार्यालयका सरसफाईदेखि उच्च तहसम्मका कर्मचारीले पैसा पाएका छैनन् ।

बालेनले आफ्नो स्ट्टसमा लेखेका छन्,काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाएका छैनन्,यो सरकारको दम्भले ।कोकोले केके आनदोलन गर्ने हो मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरुको के के तनत्र हो, उनले लेखेका छन् ।

Advertisement:

Ad
Ad