बालेनले ‘जेनजी’ को भोलि हुने र्‍यालीलाई समर्थन गर्दै भने,'नेता र अभियन्ता स्वार्थ पुरा गर्न बाठो नबन्नु’

२०८२ भदौ २२ गते

बालेनले ‘जेनजी’ को भोलि हुने र्‍यालीलाई समर्थन गर्दै भने,'नेता र अभियन्ता स्वार्थ पुरा गर्न बाठो नबन्नु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले  सामाजिक सञ्जाल निष्क्रिय विरुद्धमा जेनजीले सोमबार गर्ने भनेको र्‍यालीलाई समर्थन जनाएका छन् ।

उमेर हदबन्दीका कारण आफू उक्त र्‍यालीमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् ।

Advertisement:

Ad
Ad


सामाजिक सञ्जालमा स्टाटस लेख्दै भने(‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा श्भल न् को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ बालेनले भनेका छन्, ‘भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय जेन जी  भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’