२०८१ असोज १८ गते
काठमाडौँ। अरुण भ्याली हाइड्रोपावरले लाभांश प्रस्ताव सहित २७ औँ वार्षिक साधारण सभा बोलाएको छ।
उक्त सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपती, गौशालामा आह्वान गरेको हो। सभा बिहान ११ बजेदेखि शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्ने भएकोले कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया