अर्थतन्त्रको सिथिलताको असर बैंकहरुको वासलातमा देखियो,अधिकांश घाटामा

२०८० कात्तिक १९ गते

अर्थतन्त्रको सिथिलताको असर बैंकहरुको वासलातमा देखियो,अधिकांश घाटामा

काठमाडौँ । अर्थतन्त्रमा शिथिलता आउँदा अधिकांश वाणिज्य बैंकको नाफा घट्न पुगेको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा १८.६० प्रतिशतले घटेको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ८ बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ । असोज मसान्तसम्म बैंकहरुको कुल नाफा १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपैयाँ थियो ।

Advertisement:

Ad
Ad

असोज मसान्तसम्ममा माछापुच्छ्रे बैंकको २०.१८ प्रतिशत, प्राइम बैंक ३१.७२, एनएमबि बैंक ६.५३, ग्लोबल आईएमइ बैंक ३.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३३.४६, स्ट्यान्डर्ड चार्टर्ड बैंक २, हिमालयन बैंक ९८.३५ र प्रभु बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ ।

यसैगरी, एभरेष्ट ९.४४, राष्ट्रिय वाणिज्य बैंक ३१.०३, लक्ष्मी सनराइज बैंक ७९.५३, सानिमा बैंक ११.९१, नेपाल बैंक ७६.४३, नबिल बैंक ६.५०, नेपाल एसबिआई २३.६१, सिटिजन्स बैंक १९.७०, एनआईसी एशिया बैंक ४२.४८, कुमारी बैंक ७३.६४ र सिद्धार्थ बैंकको नाफा ९१.३९ प्रतिशतले घटेको छ ।