२०८१ भदौ १३ गते
काठमाडौं । नयाँ सरकार बनेयता लगातार बढिरहकेको शेयर बजारमा केही दिन यता ब्रेक लागेको छ । साताको अन्तिम कारोबारमा बिहीबार ३६.८३ अंकले घटेर बजार २७४९.५७ बिन्दुमा झरेको छ। ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
यो साताको पहिलो कारोबार दिन आइतबार ७९.८८ अंकले घटेर बजार २८९४.५७ बिन्दुमा झरेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार १११.९६ अंकले घटेको थियो भने बुधबार ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुगेको थियो।
गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजार त्यसअघिको साता भने समग्रमा २३४.४३ अंकले बढेको थियो। जुन साता २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबारसमेत भएको थियो।
लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार अहिले उच्च बिन्दुतर्फ बढिरहँदा उतारचढाव देखिन थालेको छ। बजारको लगातारको वृद्धिपछिको अहिलेको अवस्थालाई करेक्सन ठिकै रहेको बजार वित्रहरुको तर्क छ । (
प्रतिक्रिया