अबको १० वर्षमा सम्मानजनक मध्यम आय मुलुक बनाउँने गरी घोषणापत्र ल्याउने रास्वपाको दाबी

२०८२ माघ १८ गते

अबको १० वर्षमा सम्मानजनक मध्यम आय मुलुक बनाउँने गरी घोषणापत्र ल्याउने रास्वपाको दाबी

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् ।

 जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने  बताए । 

Advertisement:

Ad
Ad

रास्वपाको आफ्‌नो  प्रस्तावाना  अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै  तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए । 


उनले  पर्यटन क्षेत्र विकास गर्न  कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए ।  रास्वपाले टेक्नोलोजी र हाइड्रो पनि  प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने ‘हामीले  सम्मानजनक मध्यम आय मुलुक भएको अबको १० वर्षको लक्ष्य राखेका छौ ।’   मध्यम परिवार लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए ।  


उनले सुशासन विना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै  नियामक निकायमा हस्तक्षेप र नियुक्तीमा  पारदर्शीता ढंगले काम गर्नुपर्ने बताए । 

नेता खनालले पूर्वाधार क्षेत्रमा ठूलो लगानी हुनुपर्छ तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै  आगामी १० वर्ष भित्र३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेका  बताए ।  उनले विदेशमा भएका नेपालीहरुलाई नेपालमा लगानी  गर्ने वातावरण बनाउन सकिने बताए ।  

बहुमत नआए घोषणा पत्र कार्यान्वयन हुँदैन 

खनालले राजनीतिक दलले ल्याएको घोषणा पत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणा पत्र कार्यान्वयन हुन सक्छ । ५र६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषण पत्र लागु हुन सक्दैन,’ उनले भने ।