विजय लघुवित्तको एफपीओमा आवेदन खुल्यो

२०८२ पुस २१ गते

विजय लघुवित्तको एफपीओमा आवेदन खुल्यो

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज (पुस २१ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ।

Advertisement:

Ad
Ad

एफपीओ छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी’ प्रदान गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन सि–आस्बा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ।