धुलिखेलमा न्युकिलियर रिसर्च केन्द्र निर्माण अघि बढाइने, जग्गा प्राप्तीको अन्तिम प्रकिया टुंगो लाग्दै

२०८२ असार ०४ गते

धुलिखेलमा न्युकिलियर रिसर्च केन्द्र निर्माण अघि बढाइने, जग्गा प्राप्तीको अन्तिम प्रकिया टुंगो लाग्दै

काभ्रेपलाञ्चोक । धुलिखेलमा ‘परामाणविक केन्द्र’ ९एटमिक रिसर्च सेन्टर० निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

 

Advertisement:

Ad
Ad

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो । मन्त्रालयका अनुसार योजना सुरु गर्न न्यूनतम रु तीन अर्बको चाहिन्छ । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार त्यसका लागि पनि दातृ निकायदेखि विश्व बैङ्कसमेतलाई अपिल गरिनेछ । न्युकिलियर मेडिसिन निर्माण तथा सबै क्षेत्रका रिसर्चका लागि यस अनुसन्धान केन्द्र महत्वपूर्ण हुने पुडासैनीले बताए । 

 

पुडासैनीले सोमबार जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको स्थलगत निरीक्षणका क्रममा केन्द्रको सुरक्षा र स्थानीयलाई खतरा हुने कुरामा भने कुनै शङ्का नगर्न अपिलसमेत गरेका छन् । उनका अनुसार केन्द्र निर्माण भएपछि क्यान्सरजस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । सेन्टरमा सरकारले सात बर्षअघि पारित गरेको ‘रेडियोधर्मी पदार्थ’ ९रेडियोएक्टिभ मेटेरियल०को ९उपयोग तथा नियमन० ऐन, २०७७ अनुसारका खोज तथा अनुसन्धान हुने मन्त्रालयले जनाएको छ । 

 

रेडियोधर्मी पदार्थ भन्नाले अल्फा कण वा बिटा कण वा गामा–रेजस्ता विकिरण पैदा गर्नसक्ने पदार्थ सम्झनुपर्छ । यस्तै कुनै अभ्यास, क्रियाकलाप वा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ वा सोसँग सङ्क्रमित चिज वा वस्तुलाई सम्झनुपर्छ । 

 

केन्द्र निर्माणार्थ धुलिखेल नगर कार्यपालिकाबाट निर्णय भई खोल्सा–खाल्सी र जमिनभित्रको मन्दिर बाहेकका करिब ९२ रोपनी जग्गा दिने निर्णय भइसकेको र जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको वडाध्यक्ष विनोद गौतमले बताए । उनका अनुसार वर्षेनी खर्च भएको अर्बौँ रकम जोगाउन र उपचार अभाव तथा औषधिमा भएको परनिर्भरता कम गर्नसमेत यस केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ ।