त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि युवकले गरे आत्मदाहको प्रयास

२०८३ असार २५ गते

त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

 

Advertisement:

Ad
Ad

आगो लाग्ने वितिक्कै प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

 

एसपी भट्टराईका अनुसार, युवकको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको परिचय खुल्न बाँकी रहेको भट्टराईले बताए। 

 

युवकले किन आत्महाद गर्न खोजेका हुन भन्ने पनि खुलेको छैन। यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।