सुकुमवासीलाई जग्गा वितरण प्रक्रिया सुरु, तीनपुस्ते विवरण जाँचपछि जिल्लाबाटै निर्णय

२०८३ असार २७ गते

सुकुमवासीलाई जग्गा वितरण प्रक्रिया सुरु, तीनपुस्ते विवरण जाँचपछि जिल्लाबाटै निर्णय

काठमाडौँ । सरकारले वास्तविक सुकुमवासीलाई स्थायी रूपमा व्यवस्थापन गर्न जग्गा वितरण प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको तीनपुस्ते विवरण र मालपोत अभिलेख भिडाएर वास्तविक भूमिहीनको पहिचान गरिने र त्यसपछि सम्बन्धित जिल्लामै सरकारी जग्गा उपलब्ध गराइने बताएकी छन्।

 

Advertisement:

Ad
Ad

काठमाडौँ उपत्यकाबाट हटाइएका २,६०८ जना सुकुमवासीलाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। केही व्यक्तिको नाममा जिल्लामा जग्गा भेटिएपछि सरकारले मालपोत कार्यालयमार्फत करिब तीन हजार जनाको विवरण प्रमाणीकरण गरिरहेको छ।

 

मन्त्रालयले जिल्ला भूमि समितिलाई नै जग्गा वितरणको अधिकार दिएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले मापदण्डका आधारमा आवास वा कृषि प्रयोजनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गर्नेछ। वास्तविक भूमिहीन पुष्टि भएपछि सम्बन्धित जिल्लाबाटै जग्गा वितरण प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।