२०८३ वैशाख २८ गते
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलसँगको अनुमति लिएर परीक्षा बोर्डले अन्य कुनै त्रुटी नभेटिएमा आजै नतिजा सार्वजनिक गरिने सम्भावना रहेको जनाएको छ।
त्रुटि सँच्याउन समय लागे मंगलबारसम्म नतिजा प्रकाशित गरिने बोर्डका अधिकारीहरूले बताएका छन्। यस वर्ष ५ लाखभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने परीक्षा देशभरका १,९६६ केन्द्रमा सञ्चालन गरिएको थियो।
प्रतिक्रिया