सरकारलाई सर्वोच्चको झड्का, सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय खारेज

२०८३ असार ३० गते

सरकारलाई सर्वोच्चको झड्का, सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणाली खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त सरकारले गरेको उक्त निर्णय खारेजको आदेश जारी गरेको हो ।

 

Advertisement:

Ad
Ad

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सरकारको निर्णयविरुद्ध गत चैत २४ गते रिट दायर गरेका थिए।वर्तमान बालेन शाह नेतृत्वको सरकारले चैत १८ गते सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्न पाउने निर्णय गरेको थियो ।

 

सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय गरेपनि थप विवरण भने सार्वजनिक भइसकेको छैन ।