अदालतको आदेशपछि बीमा प्राधिकरणमा पुनः फर्किए अध्यक्ष ओझा

२०८२ भदौ ३१ गते

अदालतको आदेशपछि बीमा प्राधिकरणमा पुनः फर्किए अध्यक्ष ओझा

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्तीमा परेर हटाइएका निःवर्तमान अध्यक्ष शरद ओझा आज प्राधिकरणमा हाँजिर हुन पुगेका छन् । प्राधिकरण कर्मचारीका अनुसार आज उनी नेपाल बीमा प्राधिकरणमा अपरान्ह हाजिर हुन पुगेको हुन् । मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन् ।

 

Advertisement:

Ad
Ad

अघिल्लो सोमबार अर्थात् भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । सरकारले नियुक्तीको चार महिना मात्रै हुँदा ओझाले प्राधिकरण हुन बुझाएको कागजात फर्जी रहेको भन्दै बर्खास्त गरेको थियो । उक्त निर्णय विरुद्ध ओझाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।