सडकमा धुलो खसालेर फोहर गर्ने घरधनीलाई महानगरले तिरायो २५ हजार जरिवाना,सफा पनि गरिदिनुपर्ने

२०८३ साउन ११ गते

सडकमा धुलो खसालेर फोहर गर्ने घरधनीलाई महानगरले तिरायो २५ हजार जरिवाना,सफा पनि गरिदिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

 

Advertisement:

Ad
Ad

महानगरपालिका वडा नं. १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसालेर प्रदूषण गरेको पाइएपछि महानगर प्रहरी बलले कारबाही गरेको हो ।

 

महानगर प्रहरीले घरधनीबाट २५ हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै धुलो र फोहोरले प्रदूषित भएको सडकखण्ड तत्काल सफा गर्नसमेत लगाएको जनाएको छ ।

 

काठमाडौं महानगरपालिकाले सडक फोहोर गर्ने, धुलो उडाउन दिने तथा वातावरण प्रदूषण हुने गतिविधि गरेको पाइएमा कारवाही गर्दै आएको छ ।