अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब,गाडी, पीएसओ सुविधा नलिने

२०८२ भदौ ३० गते

अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब,गाडी, पीएसओ सुविधा नलिने

काठमाडौँ । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री निवास, गाडी लगायत कुनै पनि सेवा सुविधा नलिने निर्णय गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री हुने पक्का भइसकेको छ, यद्यपि औपचारिक नियुक्ति भने हुन बाँकी नै छ।

Advertisement:

Ad
Ad

मन्त्रिपरिषद् नजिकको स्रोतका अनुसार मन्त्री बन्ने निश्चित भएपछि खनालले कुनै पनि सुविधा नलिने स्पष्ट रूपमा बताएका हुन्।

प्रधानमन्त्रीको टोलीले हालको संवेदनशील परिस्थितिलाई हेरेर उनलाई पर्सनल सेक्युरिटी अफिसर ९एक्इ० राख्न अनुरोध गरे पनि खनालले त्यो प्रस्ताव पनि अस्वीकार गरेका छन्।