२०८३ असार ०५ गते
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्दकुमार्र राईले नयाँ सरकारको हर्कतप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।आज बसेको बैठकमा बोल्दै सांसद राईले बिहीबार राति १० बजे मन्त्री संखुवासभा गएको बेला पारेर कोशी प्रदेश आन्तरिक मामिलामन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रहरीले गरेको खानतलासीको विरोध गरेका छन् ।
उनले विशेष समय लिएर बोल्दै भने,‘मन्त्री नभएका बेला प्रहरी गएर खानतलासी गर्न पर्ने त्यस्तो के पर्यो? नयाँ सरकारबाट किन यस्तो काम भैरहेको छ ?’छानबीन होस,, उनले भने ।
प्रतिक्रिया