तोकिएको समयभन्दा फरक समयमा सेवाग्राही आउने क्रम बढेपछि राहदानी विभागले निकाल्यो सूचना

२०८२ माघ २७ गते

तोकिएको समयभन्दा फरक समयमा सेवाग्राही आउने क्रम बढेपछि राहदानी विभागले निकाल्यो सूचना

काठमाडौँ। राहदानी विभाग त्रिपुरेश्वरले राहदानी बनाउन आउने सेवाग्राहीलाई अनलाइन फाराममा छनोट गरिएको समयमै उपस्थित हुन आग्रह गरेको छ। तोकिएको समयभन्दा फरक समयमा सेवाग्राही आउने क्रम बढेपछि विभागले सूचनामार्फत यस्तो आग्रह गरेको हो।

 

Advertisement:

Ad
Ad

विभागका अनुसार फाराममा उल्लेख गरिएको समयमा उपस्थित हुने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिइनेछ र उनीहरूको आवेदन प्रक्रिया सामान्यतया एक घण्टाभित्र सक्ने लक्ष्य राखिएको छ। निर्धारित समयमा उपस्थित हुन नसक्ने सेवाग्राहीलाई भने उपलब्ध समय र पालोअनुसार मात्रै सेवा दिइनेछ।

 

सेवाग्राहीले आफ्नो समय आवेदन फारामको दायाँतर्फ पुछारमा हेर्न सक्ने विभागले जनाएको छ। समयको पालना गरेर सेवा लिन सबैलाई सहयोग गर्न विभागले अनुरोध गरेको छ।