२०८३ असार २६ गते
काठमाडौँ। राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत लैजाने निर्णय गरिएको छ।
चिकित्सकहरूको सुझावअनुसार वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर रहेकाले अहिले झट्टै स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने निष्कर्ष निकालिएको हो। चिकित्सकहरूले केही दिनमा स्वास्थ्य अवस्था स्थिर भए लगत्तै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लैजान सिफारिस गरेका छन्।
सरकारले प्रारम्भिक चिकित्सकीय सुझावका आधारमा नेपालीलाई भारत लैजान आवश्यक सबै तयारी पूरा गरेको थियो। हवाई उद्धार ९एयर एम्बुलेन्स० को व्यवस्था गरिएको थियो भने भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको सम्पूर्ण बन्दोबस्त पनि मिलाइएको थियो। गृहमन्त्री सुदन गुरुङ आफैँ तयारीमा खटिनुका साथै नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पनि आवश्यक व्यवस्थापनका लागि परिचालन गरिएको थियो।
यसअघि सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिसकेको छ।बिहीबार दिउँसो वीर अस्पतालमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोलीले उनको उपचार गरिरहेको छ। चिकित्सकहरूले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन सघन उपचार जारी राखेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया