रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

२०८३ जेठ ११ गते

रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले पनि लामिछानेको भारत भ्रमण जाने निश्चित भएको जनाएको छ  । 


परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर असार २० गते सम्पन्न हुने बताएको छ। भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको बताइएको छ । 

Advertisement:

Ad
Ad

 

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुनलागेको यो पहिलो विदेश भ्रमण हो ।

 

यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारतको भ्रमणको निम्तो दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन । उनीअगावै रास्वपा सभापति लामिछानेको तयको भारत भ्रमणलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।