प्रशासनिक नेतृत्वमा हेरफेर,सचिव र सहसचिव को कहाँ पुगे ?

२०८३ साउन १४ गते

प्रशासनिक नेतृत्वमा हेरफेर,सचिव र सहसचिव को कहाँ पुगे ?

काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा हेरफेर गर्दै सचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो ।


मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी दिइएको छ । 

Advertisement:

Ad
Ad


यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यसअघि बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

 

अधिकारी अनिवार्य अवकाश नजिक रहेकाले उनलाई अतिरिक्त समूहमा राखिएको प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालय स्रोतले जनाएको छ । अधिकारीको सरुवासँगै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तत्कालका लागि वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ ।