२०८३ साउन २४ गते
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतसँग व्यक्तिगत भेट नगर्ने आफ्नो पूर्वअडान परिवर्तन गर्दै यस सातादेखि प्रमुख कूटनीतिज्ञहरूसँग शिष्टाचार भेट गर्ने भएका छन्।
सोमबार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ भने मंगलबार अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग भेट गर्ने तय भएको छ।
सरकारका अनुसार भारत र चीनका राजदूतलाई एकै दिन भेट्नु दुवै छिमेकी मुलुकलाई नेपालले समान महत्त्व दिएको सन्देश दिनका लागि हो। भेटवार्ता मुख्यतः परिचयात्मक हुने र द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री बनेपछि शाह र काठमाडौंस्थित विदेशी राजदूतबीच हुने यो पहिलो व्यक्तिगत शिष्टाचार भेट हुनेछ।
प्रतिक्रिया