अर्थमन्त्रालयले निर्वाचनका लागि १९ अर्ब १५ करोड बराबरको बजेट दिने सहमति,६ अर्ब ३६ करोड रुपैयाँ निकासा

२०८२ माघ १६ गते

अर्थमन्त्रालयले निर्वाचनका लागि १९ अर्ब १५ करोड बराबरको बजेट दिने सहमति,६ अर्ब ३६ करोड रुपैयाँ निकासा

काठमाडौं । आसन्न फागुनको निर्वाचनको लागि करिव ३० अर्ब बजेट आवश्यक हुने निर्वाचन आयोगले जनाएको छ । मितब्ययिता अपनाउँदै गर्दा पनि मतपत्र छपाईदेखि विविध व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट आवश्यक हुन्छ । निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयले निर्वाचन कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अनुसार यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।

 

Advertisement:

Ad
Ad

निर्वाचन आयोगलाई मात्र ६ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ भने हालसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ । सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्वाचन खर्च शीर्षकमा ठूलो रकम स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।