नेताका घर आन्दोलनकारीको निशानामा,प्रचण्ड र शेरबहादुरको घरमा तोडफोड सञ्चारमन्त्रीकोमा आगजनी

२०८२ भदौ २४ गते

नेताका घर आन्दोलनकारीको निशानामा,प्रचण्ड र शेरबहादुरको घरमा तोडफोड सञ्चारमन्त्रीकोमा आगजनी

काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख राजनीतिक दलका नेता तथा मनत्रीहरुको घर निशानामा साँधेका छन् । उनीहरुले नारा जुलुश गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेुस सभापति शेरबहादुर देउवाको निवासलाई निशाना बनाउँदै घेराउ गरेका छन् ।

प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा पनि प्रदर्शन भइरहेको छ ।

Advertisement:

Ad
Ad

प्रचण्ड निवासमा मुंगामुढा नै भएको छ भने मन्त्री गुरुङको निवासमा आगजनी नै भएको छ ।