२०८३ असार ३० गते
काठमाडौँ। चार दिनको लगातार गिरावटपछि मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ। परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेर ८ अर्ब ४१ करोड रुपैयाँ नाघेको छ, जसमा ऋणपत्रको कारोबारको उल्लेख्य योगदान रह्यो। यस दिन कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ र सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ सर्वाधिक बढ्नेमा रहे भने ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० सबैभन्दा धेरै घट्यो। कारोबार रकमका आधारमा शीर्ष स्थानमा पनि अधिकांश ऋणपत्र नै रहे।
उपसमूहतर्फ १३ मध्ये १२ समूह हरियालीमा बन्द हुँदा व्यापार उपसमूहले सबैभन्दा राम्रो प्रदर्शन गर्यो। उत्पादन तथा प्रशोधन उपसमूह भने सामान्य गिरावटमा रह्यो।
प्रतिक्रिया