नेप्सेमा सामान्य गिरावट, कारोबार ४ अर्ब ४२ करोडमा सीमित

२०८३ साउन १२ गते

नेप्सेमा सामान्य गिरावट, कारोबार ४ अर्ब ४२ करोडमा सीमित

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा बन्द भएको हो।

 

Advertisement:

Ad
Ad

बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। यस दिन ३४२ वटा धितोपत्रको ५५ हजार ५८० पटकको कारोबारबाट १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ। शेयर मूल्यतर्फ एभरेष्ट कलर लिमिटेडले लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट कायम राख्दै सबैभन्दा बढी कमाइ गर्ने कम्पनी बन्यो। यस्तै, लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ९ प्रतिशतभन्दा बढी बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घट्यो।

 

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। त्यसपछि रिडी पावर कम्पनी र सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।उपसमूहगत प्रदर्शनमा १३ मध्ये ४ उपसमूह हरियालीमा रहे भने ९ उपसमूह घटेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहमा सामान्य सुधार देखिँदा बाँकी उपसमूहमा दबाब कायम रह्यो।