नेप्सेको नयाँ सिइओ चयनको प्रक्रिया शुरु,छनौट समिति गठन

२०८३ साउन १२ गते

नेप्सेको नयाँ सिइओ चयनको प्रक्रिया शुरु,छनौट समिति गठन

काठमाडौं । नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ।वर्तमान सिइओ चुडामणि चापागाईँले आफ्नो कार्यकाल सकिनु अगावै गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि अर्थ मन्त्रालयले नयाँ नेतृत्व चयनको प्रक्रिया थालेको हो।

 

Advertisement:

Ad
Ad

मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ।

 

नेप्सेका वर्तमान अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार सिइओ छनोटका लागि समिति गठन भएको छ ।्नयाँ नेतृत्व चयनका लागि मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिसकेको र उक्त समितिले कार्यविधि तयार गरी दरखास्त आह्वानका लागि सार्वजनिक सूचना जारी गरेको छ ।