२०८२ भदौ ०९ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा।अर्यालसमेत १२ जनाविरुद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो ।
३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरी दायर मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो ।
प्रतिक्रिया