पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकमा रोकिएका गाडीहरु पास भए

२०८३ असार ३० गते

पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकमा रोकिएका गाडीहरु पास भए

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा सोमबार बिहान पानी पर्न रोकिएपछि पहिरो पन्छाई गाडी पास हुन दिइएको छ ।अविरल वर्षाका कारण तुइनखोला लगायतका केही स्थानमा पहिरो र लेदो माटो खसेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो साँझदेखि सवारीसाधन चलाउन रोक लगाएको थियो ।

 

Advertisement:

Ad
Ad

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हाल पानी पर्न राृकिएका कारण बन्द गरिएको मुग्लिन-चितवन तथा मुग्लिन-पोखरा सडक खण्ड खुला गरी आवागमन सञ्चालन गरिएको छ ।