२०८३ जेठ ११ गते
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको छ
पहिलो निर्णय अन्तर्गत, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल९चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना ९चिलिमे९केरूङ० को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ।
दोस्रो निर्णयमा कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३ ८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू। ३,६६० र मध्यम धानको प्रति क्वीन्टल रू। ३,८६० तोकिएको छ।
तेस्रो, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ।
चौथो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया