आज मन्त्रीपरिषद् बैठक बस्दै, भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आयोग गठन हुने

२०८२ असोज ०५ गते

आज मन्त्रीपरिषद् बैठक बस्दै, भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आयोग गठन हुने

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधीको छानबिन गर्न आज आयोग गठन गर्ने भएको छ । 

 

Advertisement:

Ad
Ad

सुशीला कार्की नेतृत्वलाई जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो।सोही बमोजिम आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्ने बताइएको छ । आयोगको संयोजक को हुने भन्ने बारेमा निष्कर्ष आइनसकेको बुझिएको छ  ।  

 

भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा देशभरी ७४ जनाको मृत्यु भइसकेको छ भने सिंहदरबार,सर्वोच्च अदालत लगायत देशभरीका मूख्य प्रशासनिक अड्डाहरुमाथि तोडफोड तथा आगजनी भएको थियो ।