२०८३ जेठ १३ गते
काठमाडौँ । मानवअधिकार आयोगले सरकारलाई बुझाएको जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनले फेरी एकपटक माहोल गर्मागर्मी बनाएको छ । जेनजी आन्दोलनको अनुसन्धान गर्दै गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री रमेश लेखक,ओमप्रकाश अर्यालसहित दर्जनौं भीभीआईपीुहरू नै मानवअधिकार आयोगको फन्दामा पर्ने गरी प्रतिवेदन आएको हो ।
बुधबार सार्वजनिक प्रतिवेदनले हाल राज्यसत्तामै पुगेकाहरू माथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवदेनले पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्रीद्वय ओमप्रकाश अर्याल र सुधन गुरुङमाथि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । त्यसैगरी आन्दोलनकै जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीदेखि रास्वपा सभापति रवि लामिछाने,सांसद मनिस झा,कृष्ण कार्की, डा। तोषिमा कार्की र दुर्गा प्रसाईंसम्मको नाम सूचीमा तानिएको छ ।
शुक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नैपर्ने आयोगको यो सिफारिसले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याइदिएको छ ।
प्रतिक्रिया