साउनदेखि मुख्यसचिवको तलब साढे ९० हजार हुँदा अन्य सरकारी कर्मचारीको कति ?

२०८३ साउन २१ गते

साउनदेखि मुख्यसचिवको तलब साढे ९० हजार हुँदा अन्य सरकारी कर्मचारीको कति ?

काठमाडौँ । अर्थ मन्त्रालयले यही साउन १ देखि लागु हुने गरी मुख्यसचिवसहित सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधा कायम गरेको छ।

 

Advertisement:

Ad
Ad

मन्त्रालयले साउन १ देखि पाउने गरी सरकारी कर्मचारीहरूको तलब, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता तोकेको हो।मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजन)को नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता रकम कायम गरेको छ।


नयाँ तलबमानअनुसार मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकको सुरु तलबमान ८४ हजार ९३२ पुगेको छ।ग्रेड संख्या २ अनुसार प्रति ग्रेड २ हजार ८३१ रहँदा मुख्यसचिवको जम्मा तलब मासिक ९० हजार ५९४ रुपैयाँ पुगेको छ।

 

सचिवको सुरु तलब ७९ हजार २९० पुगेको छ। ग्रेड संख्या २ अनुसार प्रति ग्रेड २ हजार ६४३ रहँदा सचिवको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ तोकिएको छ।

 

पेन्सन प्रयोजनका लागि अ. सचिवको मासिक रकम ६६ हजार ५३९ रुपैयाँ तोकिएको छ।सहसचिवको सुरु तलबमान ६२ हजार ४६६ रुपैयाँ पुगेको छ। ग्रेड संख्या ७ रहँदा ग्रेड दर २ हजार ८२ तोकिएको छ।

 

यसअनुसार सहसचिवको जम्मा तलब ७७ हजार ४० रुपैयाँ पुगेको छ। उपसचिवको सुरुआती तलब ५३ हजार ६११ पुगेको छ।