२०८३ साउन २२ गते
काठमाडौँ । सरकारले साउन शुक्रबार अर्थात आज करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १५ जनालाई १–१ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ उपहार घोषणा गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा अनलाइनमार्फत् २५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेपछि अहिले यो उपहार कार्यक्रमप्रति सर्वत्र चासो फैलिएको छ ।
डिजिटल बैंकिङ मार्फत सामान खरिद गर्ने स्वतः समावेश हुने र १०० रुपैयाँ भन्दा बढीको नगद तिरेर सामान खरिद गर्नेले बिल लिएर उक्त बिल मा इन्ट्रिी गरेपछि उपहार कार्यक्रममा सामेल हुन पाइने राजश्व कार्यालयले जनाएको छ । उपहार पाइयो कि पाइएन भनेर उपभोक्ताले कसरी थाहा पाउने त रु यसबारे आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीले‘ थाहा पाउने प्रणाली बनेपनि अहिले करदाताले हेर्न मिल्ने भईनसकेको बताए ।
यो नयाँ कार्यक्रम भएकाले हाललाई कुपन नम्बर मात्र वेबसाइटमा प्रकाशित गरिएको तर यसले बिजेता को हो स्पष्ट पार्न केही समय लाग्ने भएकाले केही समयभित्र कुपन नम्बरमा भएको व्यक्ति को हो र कुन बिल नम्बरका व्यक्तिलाई उपहार परेको भनेर थाहा पाउने प्रणाली सार्वजनिक हुने उनको दाबी छ । ‘शुक्रबार कसलाई उपहार परेको भनेर अर्थ मन्त्रालयबाट सार्वजनिक गरिएको हो, व्यक्तिको नाम सर्टिङ गरिँदैछ,’ उनले भने, ‘यो हाम्रो पनि चासोको विषय हो, वालेट वा मोबाइलबाट भुक्तानी गर्दा तुरुन्त कुपन नम्बर सिर्जना हुनुपर्छ, त्यसपछि मात्र करदाता ढुक्क हुन्छन् ।’ अहिले पहिलो चोटीलाई मिलेन र दोस्रो चोटी यसलाई मिल्ने बनाइने उनको भनाइ छ ।
प्रतिक्रिया