२०८२ माघ ०७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा ५ का मतदातासँग छलफल शुरू गरेका छन् ।उनले स्थानीयसँग भेटघाट र छलफलका क्रममा सबैसँग पुग्ने र भेटघाट छोट्याउने हिसावले प्रत्येक समूहलाई १० मिनेट मात्र समय दिने नीति बनाएका छन् ।
मंगलबार मनोनयन दर्ता गरेपछि उनले बुधबार बिहानैदेखि झापा ५ का मतदाताहरूसँग छलफल थालेका हुन् ।
दमक ५ मा रहेको सम्पर्क कार्यालयमा उनले स्थानीय मतदातासँग विभिन्न विषयमा छलफल गरेका उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया