जयविर सिंह देउवालाई विभागको सात दिने अल्टिमेटम

२०८३ असार २३ गते

जयविर सिंह देउवालाई विभागको सात दिने अल्टिमेटम

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनी लाउन्डरिङ सम्बन्धी अनुसन्धानका क्रममा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

 

Advertisement:

Ad
Ad

विभागले शेरबहादुर देउवाका छोरा तथा प्रसाद सिंह देउवाका नाति जयविर सिंह देउवालाई अनुसन्धानका लागि केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।