२०८३ जेठ ०७ गते
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् ।
यसैक्रममा पूर्व अर्थमन्त्री डा।प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिने नीति ल्याउन सुझाव दिएका छन् ।महतले यो निर्णय दुई तिहाईको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले गर्न सक्ने भन्दै आँट गर्न सुझाव दिएका थिए ।उनले भने,तपाईंले गर्नसक्नुहुन्छ, तपाईंलाई अवसर छ आँट गर्नुस् ।
साथै महतले सुझाव दिने क्रममा नचाहिने संरचना हटाउन,नेपाल एयरलाइन्सलाई निजीकरण मोडलमा चलाउन,सरकारी उद्योग र जमिनलाई लिजमा दिन, वैदेशिक ऋण अति आवश्यक बाहेकमा घटाउन,पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्न,ठूला ठेक्का टुक्रयाएर मात्रै दिन, उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति ल्याउन,आयातित कृषि उपजमा भ्याट लगाउन र पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया