हर्क साम्पाङले भने-'राजेश हमाललाई श्रम संस्कृतिमा भित्र्याउने धोको छ'

२०८३ जेठ २३ गते

हर्क साम्पाङले भने-'राजेश हमाललाई श्रम संस्कृतिमा भित्र्याउने धोको छ'

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अभिनेता राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने धोको रहेको बताएका छन्। 

साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत हमाललाई आफ्नो पार्टीमा आबद्ध गराउने इच्छा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, ‘महानायक राजेश हमालज्यूलाई श्रम संस्कृतिमा ल्याउने धोको छ। जय श्रम! जय संस्कृति! जय माटो!जय देश!’

Advertisement:

Ad
Ad

हिजो (शुक्रबार) मात्र हमालले नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले दिएको अभिव्यक्तिविरुद्ध कडा टिप्पणी गरेका थिए। माओवादी पृष्ठभूमिका नेता सुदन किरातीको समूहलाई श्रम संस्कृतिमा समाहित गरिसकेका साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका छन्। 

यसका लागि उनले निम्तोसमेत पठाइसकेको बताएका छन्। तर यस विषयमा घिसिङले भने अहिलेसम्म सार्वजनिक टिप्पणी गरेका छैनन्।