२०८३ असार २० गते
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । सरकारको एकसय दिनको समीक्षा संवादमा उनले सरकार कुन दिशातर्फ गइरहेको छ भनेर भन्न सकिएला तर काम नै गर्न सकेन भन्नु सान्दर्भिक नहुने तर्क गरे ।
त्यस्तै अभियन्ता ढुंगानाले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति खुलेर प्रशंसा पनि गरे । उनले भने,‘म गृहमन्त्रीप्रति पोजेटिभ छु । काम गर्ने तरिकाप्रति निराश हुनुपर्ने देख्दिन् ।’
तर गृहमन्त्रीका रुपमा पुर्नवहालीको विषयमा भने उनले संशय प्रकट गरे । ‘उहाँको विषयमा प्रश्न उठिसकेपछि छानविन गर्न संसदीय समिति बन्नुपर्ने थियो । विपक्षीहरुलाई पनि राखेर समिति तयार हुनुपर्ने थियो तर त्यस्तो गरिएन् । आफ्नै सरकार, आफ्नै मन्त्री र आफ्नै छानबिन समिति,यो अलि ठिक भएन । सरकार पारदर्शी छ भन्नेमा शंका पैदा गरायो । यतिबेला ट्रान्सपेरेन्सी हाम्रो देशलाई चाहिएको छ । तर जुन समिति बनाइयो त्यसले अरुलाई भन्ने बाटोहरु सरकार आफैंले तयार गर्यो ।’
कतिपय निर्णयहरुका कारण सरकार आफैं समस्यामा पर्दै गएको ढुंगानाको भनाइ छ । ‘सुधन गुरुङका सम्बन्धमा छानविन गर्न आफ्नै मान्छेहरु राखेर समिति बनाइनुले सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ । व्यक्ति ठिक हुनुहुन्छ तर सरकारको प्रक्रिया अमिल्दो भयो,’ उनले अगाडि भने,‘ सुधन गुरुङको नियत मलाई ठिक लाग्छ तर कानुनमा उहाँ फितलो हुनुभयो । त्यो सच्याउनुपर्छ ।’
प्रतिक्रिया