ग्यास अभाव रोक्न आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’,समस्या परे यो नम्बरमा फोन गर्न सकिने

२०८३ साउन २० गते

ग्यास अभाव रोक्न आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’,समस्या परे यो नम्बरमा फोन गर्न सकिने

काठमाडौं । बजारमा एलपी ग्यासको अभाव हुन नदिन र उपभोक्तासम्म सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी आजदेखि सञ्चालनमा ल्याएको छ।

 

Advertisement:

Ad
Ad

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको उक्त टोलीमा मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सहभागी छन्। ग्यास आपूर्ति वा वितरणमा समस्या देखिएमा टोलीले तत्काल सम्बन्धित पक्षसँग समन्वय गरी समाधान गर्नेछ।

 

निगमका अनुसार कार्यालय समयभित्र हटलाइन ०१–५९७१९०२ मा प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ। पछिल्लो समय देखिएको ग्यास अभाव र उपभोक्ताले लाइन बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यो संयन्त्र गठन गरिएको निगमले जनाएको छ।