गणेश नेपालीको श्रीमतीलाई जागिर र छोरीलाई निःशुल्क पढाइदिने,घटनाको छानबिन समिति गठन

२०८३ असार २७ गते

गणेश नेपालीको श्रीमतीलाई जागिर र छोरीलाई निःशुल्क पढाइदिने,घटनाको छानबिन समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।


शुक्रबार जारी विज्ञप्तिमा महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकारले गठन गरेको छानबिन समितिलाई पूर्ण सहयोग गर्ने जनाएको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चालिने महानगरको भनाइ छ।

Advertisement:

Ad
Ad

 

महानगरले नेपाल सरकारसँग समन्वय गरेर यस्ता घटना दोहोरिन नदिने उपाय अवलम्बन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


विज्ञप्तिमा दिवंगत गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने उल्लेख छ।