२०८३ जेठ १८ गते
काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक संसदको मर्यादा विपरित रहेको जिकिर गरेका छन् । उनले सोमबारको संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सेनाको कार्यक्रममा जाँदा दौरा शुरुवाल लगाएर जाने तर संसद बैठकमा आउँदा मर्यादा नराखी फुटबल खेल्न जाँदा लगाउने जस्तो पोशाकमा आएको भन्दै टिप्पणी गरे ।
साथै नेता महरले प्रधानमन्त्रीले आइतबारको बैठकमा उपस्थित भएर दिएको सीमा सम्वन्धि अभिव्यक्ति राष्ट्रियताको हिसाबले इतिहँसकै लज्जाबोध गराउने खालको भएको टिप्पणी गरे ।प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सांसदको प्रश्नोत्तरमा भारतले मात्र नभई नेपालले पनि भारतको केही भुभाग मिचेको बताएका थिए । जुन अभिव्यक्तिको विपक्षी दलहरुले तीब्र विरोध तथा आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया