२०८२ असार ०५ गते
काठमाडौँ । अमेरिकी फेडरल रिजर्भले संघीय कोष दर फेडेरल फन्ड्स रेट को लक्ष्य दायरा ५।२५ प्रतिशतदेखि ५।५० प्रतिशतसम्म यथावत् राख्ने निर्णय गरेको छ।फेडको पछिल्लो मौद्रिक नीतिअनुसार ब्याजदरमा कुनै परिवर्तन नगरी ूपर्ख र हेर्नू वेट एण्ड सी रणनीति अपनाइएको हो। आर्थिक गतिविधिमा देखिएको विस्तार, श्रम बजारको वृद्धि र अझै पनि अपेक्षाकृत उच्च मुद्रास्फीतिको अवस्थाले यो निर्णयलाई टेवा दिएको बताइएको छ।
यो निर्णयले फेडले लगातार चौथो पटक ब्याजदर यथावत् राख्ने नीति लिएको पुष्टि गर्छ। अमेरिका अहिले कम बेरोजगारी दर र उपभोक्ता खर्चमा स्थिरता कायम रहेको अवस्थामा छ।संघीय खुला बजार समिति एफओएमसीले आगामी आर्थिक परिदृश्य र आँकडाहरूको प्रभावको निरन्तर निगरानी गर्ने बताएको छ। फेडले मुद्रास्फीति २ प्रतिशतको लक्ष्यमा फर्काउने उद्देश्य दीर्घकालीन प्राथमिकता नै राखेको छ ।
विश्लेषकहरूका अनुसार, आगामी महिनाहरूमा यदि मुद्रास्फीति दर अझै घट्ने संकेत देखिएमा फेड ब्याजदर कटौतीतर्फ उन्मुख हुनसक्नेछ।
प्रतिक्रिया