२०८३ असार २३ गते
काठमाडौँ । दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा सर्ट लिस्टमा परेका राजीव सुब्बाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस भएपछि राजीव सुब्बाले दूरसञ्चार अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।
प्राधिकरणको अध्यक्ष बन्न आवेदन स्वीकृत भएका २९ जनामध्येबाट ९ जनाको संक्षिप्त सूचीमा उनी पनि परेका थिए।
यहीबिच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अध्यक्ष रहेको संवैधानिक परिषद्ले उनलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो।
प्रतिक्रिया