दुर्गा प्रसाइँले पत्रकार सम्मेलन गर्दै, सत्ता पल्टिएकोबारे खुलासा गर्ने

२०८२ माघ २९ गते

दुर्गा प्रसाइँले पत्रकार सम्मेलन गर्दै, सत्ता पल्टिएकोबारे खुलासा गर्ने

काठमाडौँ । आफूलाई हिन्दु राष्ट्रवादी दाबी गर्ने अभियन्ता दुर्गा प्रसाइँले आज पत्रकार सम्मेलन गर्दैछन् । बिहान साँढे ११ बजे उनको निजी निवासमा डाकेको  पत्रकार सम्मेलनमा जेनजी आन्दोलन कसरी हिंसात्मक बन्यो भन्ने जानकारी दिने बताएका छन् ।

 

Advertisement:

Ad
Ad

उनले सामाजिक सञ्जालमा लेखेका छन्,सिंहदरबार तथा न्यायालयमा आगजनी, राज्य संरचना ध्वस्त पार्ने र सत्ता पल्टाउने योजनासम्म कसरी विस्तार भयो भन्ने विषयमा प्रमाणसहित गहिरो अनुसन्धान गरिएको विशेष भिडियो सामग्री ३०० इन्चको विशाल पर्दामा सार्वजनिक गरिँदैछ।

 

राज्य र सरकार विरुद्ध अराजक बोली र अभद्र व्यवहार गरेको आरोपमा पटकपटक पक्राउ परेका प्रसाइँ केही दिन अघि मात्र छुटेका हुन् । उनी हिन्दु राज्य स्थापनाको मुद्दा लिएर आन्दोलन गर्दै आएका छन् ।