बाग्मतीमा मिसिएको ढल प्रशोधन गर्न शुरु, दैनिक तीन करोड २४ लाख लिटर छानिँदै

२०८३ साउन २१ गते

बाग्मतीमा मिसिएको ढल प्रशोधन गर्न शुरु, दैनिक तीन करोड २४ लाख लिटर छानिँदै

काठमाडौँ। काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको छ ।

 

Advertisement:

Ad
Ad

आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रुपमा तीन करोड २४ लाख लिटर ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख एवम् इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ । पिआइडीले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने जनाइएको छ ।

 

पिआइडी प्रमुख एवम् इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताए ।उनले भने, “उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । काठमाडौँका नदी र वातावरण सफा राख्न अझै थप यस्ता ढल प्रशोधन केन्द्र निर्माण गर्नु पर्दछ ।”

 

प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र बर्सातको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्थानीय तहसँग समेत प्रभावकारी समन्वय र आवश्यक नीति कार्यान्वयन गर्नुपर्ने उनले बताए।

 

उनका अनुसार पानीको चाप बढ्ने, बाटोमा भएका बालुवा, इँटा, मरेका जनावर लगायतका फोहोर प्रशोधन केन्द्रमा पुगी त्यको क्षमता घटाइदिने गरेको छ ।

 

ढल र बर्सातको पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढ्ने भएकाले छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके ढल प्रशोधनको क्षमता र प्रभावकारिता बढाउन सकिने पिआइडीले जनाएको छ ।