२०८३ असार १६ गते
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।उक्त रिट न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा पेशी चढेको छ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभाग यही असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पार्टीको कार्यक्रममा सहभागी हुन सर्खेत पुगेका उनलाई त्यहीबाट पक्राउ गरिएको हो।
उनकी पत्नी दोमाया पौडेलले विष्णुलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो। सोहीअनुसार आज सुनुवाइ हुँदैछ।
प्रतिक्रिया