पूर्वराष्ट्रपति भण्डारीलाई वीरगन्जमा भब्य स्वागत, ५१ किलोको माला

२०८२ भदौ १४ गते

पूर्वराष्ट्रपति भण्डारीलाई वीरगन्जमा भब्य स्वागत, ५१ किलोको माला

काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार पर्साको वीरगन्ज पुगेकी छन्। 

काठमाडौँबाट बाराको सिमरास्थित विमानस्थल हुँदै उनी वीरगन्ज पुगेकी हुन्।सिमरा विमानस्थलमा उनलाई एमाले नेता(कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। 

Advertisement:

Ad
Ad


भण्डारीलाई एमाले नेता(कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि पूर्वराष्ट्रपति भण्डारी वीरगन्ज पुगेकी हुन्। 

त्यसअघि सिमरा विमानस्थल पुग्दा उनको स्वागत गर्न एमाले नेता(कार्यकर्ताका साथै स्थानीय महिलाहरू पनि लामबद्ध भएर उपस्थित भएका थिए।