२०८२ माघ १८ गते
काठमाडौं । भारतले नेपाललाई दिने सहायता रकममा वृद्धि गरेको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई भारतीय ८ अर्ब अर्थात १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने उल्लेख गरिएको हो ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्याएको थियो ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा बढी हो । यस आर्थिक वर्ष भारतले १ हजार ९ सय ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
प्रतिक्रिया